९ मंसिर २०८३, बुधबार

छोरी जिताउन प्रधानमन्त्री दलबलसहित भरतपुर पुगे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल स्थानीय तहको निर्वाचनमा मतदान गर्न आफ्नो गृह जिल्ला चितवन प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री दाहाल पत्नी सीता दाहाल, छोरा प्रकाश दाहाल, सहयोगीसहितको दलबलसहित चितवन प्रस्थान गरेका हुन् । शनिबार अपरान्ह उनी त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल हुँदै भरतपुर प्रस्थान गरेको उच्च स्रोतले जनाएको छ ।

प्रधानमन्त्री दाहालकी छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाबाट मेयर पदमा उम्मेदवार छिन् । उनलाई नेपाली कांग्रेसले साथ दिएको छ ।

स्रोतका अनुसार छोरी रेणु दाहाललाई जिताउन प्रधानमन्त्री दाहालले आफ्ना नेता तथा कार्यकर्ताका साथै शुभेच्छुकहरूलाई परिचालन गर्ने छन ।