९ मंसिर २०८३, बुधबार

गगन थापाले गरे आकस्मिक पत्रकार सम्मेलन, दोषी ठहर भए कारबाही भोग्न तयारी छु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसले प्रमुख विपक्षी दलका नेता तथा कार्यकर्ताबाट हुलहुज्जत भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको जनाएको छ ।

नेपाली कांग्रेसका युवा नेता स्वास्थ्यमन्त्री गगन थापाले काठमाडौंको थापागाउँस्थित नेपाल प्रेस युनियनको केन्द्रीय कार्यालयमा शनिबार आकस्मिक पत्रकार सम्मेलन गरेर मनाङ र कपनमा एमालेका तर्फबाट हुलहुज्जत गरेको आरोप लगाए ।

उनले भने, ‘विपक्षी दलबाट मनाङ र कपनमा भएको हुलहुज्जतविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका छौँ । यदि हाम्रो तर्फबाट आचार संहिता उल्लंघन भएको कुरा पुष्टि भएमा वा आयोगले गर्न फैसला पूर्णरुपमा मान्न तयार छौँ ।’

मन्त्री थापाले भने, ‘मेरो निर्वाचन क्षेत्र कपनमा गएर मौन अवधिमा प्रचार प्रसार गरेको भन्ने आरोप गलत छ । आचार संहितामा रहेर मेरो निर्वाचन क्षेत्रमा जानका लागि कसैले छेक्न पाउँदैन । आचार संहिताले केही पनि गर्न पाइँदैन भन्ने छैन ।’

उनले विपक्षी दल विशेष गरेर एमालेले निर्वाचनको पूर्वानुमान गरेर हतास मनस्थितिबाट ग्रसित भएको आरोप लगाए । थापाले निर्वाचन आचार संहितलाई ध्यानमा राखेर मन्त्रीहरूले आफ्ना कार्यलाई अगाडि बढाएको बताए ।

नेपाली कांग्रेसका युवा नेता थापाले वैशाख ३१ गते आइतबार बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान प्रक्रियामा सहभागी भएर भयरहित अवस्थामा मतदान गर्न अपील गरे ।