भैरहवा, ३० वैशाख । आसन्न स्थानिय निर्वाचनमा रुपन्देही सदरमुकाम सिद्धार्थनगर भैरहवामा नेकपा (एमाले) ले कसैसंग तालमेल नगरी एकल चुनावी प्रतिसपर्धा गर्ने भएको छ ।
करिब एक महिना अगाडी नगरको मेयर, उपमेयर र वडा अध्यक्ष सहित वडाका सदस्य पदका उमेदवार गरी ६७ जना उमेदवार सर्वसम्मत चयन गरेर घोषणा गरेको एमालले आसन्न निर्वाचनमा एमाले केन्द्रले कसैसंग तालमेल गर्न निर्देशन दिएपनि नमान्ने निर्णय गरेको छ ।
नेकपा एमाले निर्वाचन परिचालन कमिटी सिद्धार्थनगरको आयोजनामा सम्पन्न अगुवा कार्यकर्ता भेलामा उपस्थित नेता कार्यकर्ताले एकै स्वरमा भनेका छन् “एमाले सिद्धार्थनगरमा एमालेको विजयी सुनिश्चित छ । जब हामी जित्दै छौ त किन अरुसंग तालमेल गर्ने ? हामी कसैसंग झुक्दैनौं , स्वाभिमानी गिराउदैनौं बरु मर्न तयार छौं ।”
निर्वाचन परिचालन कमिटी सिद्धार्थनगरका संयोजक जिवलाल अर्यालको अध्यक्षता तथा पम्फावति खनालको सन्चालनमा सम्पन्न उक्त भेलामा एमालेका नेताहरु प्रदेश कमिटी सदस्यद्वय पुस्पान्जली उपाध्यय र बाबुलाल यादव , जिल्ला सचिवालय सदस्य तथा क्षेत्रीय इन्चार्ज हितराज पन्थि, मेयरका उमेदवार हरिप्रसाद अधिकारी, उपमेयरका उमेदवार उमा काफ्ले, राजेन्द्र प्रसाद पन्थि, भरत कुमार पोखरेल, डा. रामप्रसाद बस्याल लगायतले बोल्दै नेकपा एमालेले आसन्न स्थानिय निर्वाचनमा कसैसंग सम्झौता नगर्ने प्रतिबद्धतता जनाएका हुन् ।
सो अवसरमा कार्यकर्ताहरुले नेताहरुले कसैसंग तालमेल गरेर मेयर पद छाडेमा कुनै पनि चुनाबी कार्यक्रममा सहभागी नहुने चेतावनी समेत दिएका छन् । उनीहरुले एमालेले कुनैपनि हालतमा मेयर उपमेयर पद नछाड्न दबाब दिएका थिए । भेला पछि एमाले नेता तथा कार्यकर्ताले सर्वसम्मत रुपमा सिद्धार्थनगरमा एमालले मेयर पद छाडेर कसैसंग तालमेल नगर्ने सर्वसम्मत निर्णय गरेको छ ।

कार्यक्रममा नेताहरुले बजारु हल्लाको पछि नलाग्न आग्रह गर्दै एमालेको माहौल जसरी राष्ट्रिय स्तरमा बढेको छ त्यसैगरी सिद्धार्थनगरमा पनि बढेको जनाउदैं एमालेले जित्ने आधार पनि प्रस्तुत गरेका थिए ।
नेताहरुका अनुसार एमालेले सिद्धार्थनगरमा जित्नुको मुल आधार सर्वसम्मत उमेदवार चयन गर्नु । विपक्षी दलहरुले अहिले सम्म उमेदवार चयन गर्न नसक्नु । एमाले नाकाबन्दी, जनआन्दोलन र हरेक संघर्षका बेला नेतृत्व गरेका नेताहरु उमेदवार भएकोले जित्ने बलियो आधार भएको जनाएका थिए । नेताहरुले आन्दोलनको बेला, नाकाबन्दीको बेला, जनआन्दोलन र हरेक सामाजिक आन्दोलनको बेला सिरक ओढेर घरभित्र बस्नेहरु अहिले जनताको बीच उमेदवार बनेर आउनु विडम्बना पुर्ण भएको जनाउदैं राप्रपाको चर्को आलोचना समेत गरेका थिए । एमाले नेताहरुले राप्रपाका नेताप्रति तिब्र आक्रोस व्यक्त गर्दै भनेका छन् ‘५ नम्बर प्रदेश टुक्राउन हुदैंन भनेर हामीहरु दिनरात सडकमा उत्रीदा, हाम्रा साथीहरु दुर्गा तिवारी लगायत छातिमा तातो गोलि आएर सहिद बनिरहदा राप्रपाबाट जितेका मान्य दिपक बोहरा एसी भएको कोठामा बसेर टीभि हेर्दै मस्ती मार्दै थिए । सीमा नाकामा हामीहरु भारतीय नाकाबन्दीको विरोध गरिरहदा सागर राणाहरु कहां थिए ? र अहिले कुन आधारमा जनतासंग मत माग्न आउने छन ?
सो अवसरमा नेता कार्यकर्ताले मेयर पद छाडेर कसैसंग तालमेल भए सामुहिक राजीनाम दिने पनि पनि चेतावनि दिएका हुन् ।












प्रतिक्रिया