
धनगढी, ३० वैशाख । शनिबार बिहान धनगढीमा सेनाले दुई स्थानमा प्रेसर कुकर बम विस्क्रिय पारेको छ । सेनाले धनगढीस्थित मुख्य चौराहाबाट अत्तरिया जाने सडक र मनहेरा सडकमा बम फेला परेको थियो ।
बम भेटिएपछि इन्जिनियरिङ गुल्म बोराडाडीबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले दुबै स्थानमा राखिएको बम निस्क्रय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले बताए । बम विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राखेको बताइएको छ ।
धनगढिको चौराहामा प्रेसर कुकरमा खतरा लेखेको अबस्थामा बम भेटिएको थियो भने मनेहरामा बोराभित्र प्रेसर कुकर बम भेटिएको थियो । बम भेटिएका दुवै ठाउँमा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउँदै केही बेर यातायात बन्द गरेको थियो । सडक खाली गराएर बम निस्क्रय पारेपछि अहिले सडकमा सवारी साधनहरु गुड्न थालेका छन् ।

उता, नेत्र विक्रम चन्द विप्लव नेतृत्वका कार्यकर्ताहरुले शनिबार डोटीको शिखर नगरपालिका ८, गोल्मागाडमा मिनि ट्रकमा आगजनी गरेका छन् ।
नेपालगंजबाट अछामको साफेबगर समान लिएर जादै गरेको भे १ ख ११५१ नम्बरको मिनि ट्रकमा विप्लवका कार्यकर्ताहरुले आगजनी गरेका हुन । आगजनीबाट ट्रक पुर्णरुपमा नष्ट भएको तिलताली प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक लोकेन्द्र मल्लले जानकारी दिएका छन् ।
फोटोः विराज रोस्याराको फेसबुकबाट ।














प्रतिक्रिया