काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेस युवा नेता एवं स्वास्थ्य मन्त्री गगन थापाले शनिबार दिउँसो कपन घटनाबारे यथार्थ कुरा बाहिर ल्याएका छन् ।
घटनापछि सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत गगनले कपनमा म भएको बेला भएका क्रियाकलापबारे गलत प्रचार गरिएको बताएका हुन् ।
‘निर्वाचनलाई मर्यादित बनाउन मैले असयोग गरेको छैन, निर्वाचन आयोगले दिएको समयसम्म मात्रै मैले प्रचारको काम गरेको हुँ, शनिबार दिउँसो कपन जाँदा जुन प्रचार भयो त्यो निन्दनीय छ, म कसैले लखेट्नुपर्ने कमजोर हैसियत भएको व्यक्ति होइन, आफन्तकोमा, साथी भाइकोमा जान पाउनु मेरो अधिकार पनि हो, शनिबार नै म अरु ठाउँमा पनि जाँदै छु तपाइँलाई जानकारी चाहिन्छ भने म दिन तयार छु,’ फेसबुक लाइभमा उनले भनेका छन् ।
उहाँले कपनमा कांग्रेस नेता र आफ्ना नातेदारको घरमा गएका बेला एमालेका स्थानीय उम्मेद्वारसहितका कार्यकर्ताले पैसा बाँड्न आएको भन्ने अफवाह फैलाएको र मतदातालाई अपमान गरेको तर्क गरेका छन् ।
हेर्नुस् भिडियोः












प्रतिक्रिया