हेटौँडा, ३० वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मकवापनुर जिल्लामा नेकपा (माओवादी केन्द्र)का वडा अध्यक्षको अपहरण गरेका छन् ।
मनहरि गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्षका उम्मेदवार रामकुमार उप्रेती अपहरणमा परेका हुन् । उनको अवस्था अज्ञात छ ।
उप्रेतीलाई शनिबार बिहान करिव ४ बजे हेटौँडाको हाँडीखोला भन्ने स्थानबाट नेकपाका कार्यकर्ताले अपहरण गरेको स्रोतले जनाएको छ ।
स्थानीय तहको निर्वाचन बिथोल्नेभन्दै विभिन्न गतिविधि गर्दै आएको ‘नेकपा’ले उम्मेदवारहरूलाई अपहरण गर्न थालेको छ ।











प्रतिक्रिया