वाशिंगटन डीसी । अमेरिकाका एनआरएन शाखाहरू गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकासंग रुष्ट भएका छन् ।
शाखाहरूले एनआरएन युएसएसंग ३ बुंदे विधि अपनाउन जोडदार मागसहित विज्ञप्तिमार्फत सचेत गराएका छन् ।
एनआरएन एनसीसी बिना राज्यका शाखाको बैधानिकता नै रहँदैन भनि उल्लेख गर्दै एनआरएन अमेरिकाको पूर्वार्द्धमा साधारण सदस्यता प्रमाणीकरण सम्बन्धी कार्य भद्रगोल र अपारदर्सी रुपमा नाम प्रकाशित भएकोमा गम्भीर ध्यानआकर्षण भएको जनाइएको छ ।
सदस्यता शुल्क तिरेका कयौं बास्तविक सदस्यहरूको ईमेल प्राप्त भएपनि सो विषयमा दुःख दिएको विज्ञप्तिमा जनाइएको छ ।
शुल्क तिरेर पनि निर्वाचनमा मत हाल्नबाट बन्चित हुन्छ भने त्यो सरासर गैरकानूनी, अन्याय एवं संस्था अधोगतिको कार्य रहेको आरोप लगाइएको छ ।
एनआरएन अमेरीका विवाद रहित हुन सकिरहेको छैन भन्दै आगामी निर्वाचनलाई क़ानूनी, बिबादरहित तथा स्बच्छ तरिकाले सम्पन्न गर्नको लागि एनआरएनए एननसीसी अमेरीकासंग विभिन्न बिधी अपनाउनु पर्ने माग गरिएको छ ।
















प्रतिक्रिया