काठमाडौं, २९ वैशाख । नेकपा (एमाले)का सांसद तथा केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष केशव बडाललाई हृदयघात भएको छ ।
नेता बडाललाई हृदयघात भएपछि उपचारका लागि काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रमा भर्ना गरिएको एमालेका सचिव योगेश भट्टराईले जानकारी दिए । यसअघि उनलाई चाबहिलस्थित हेल्पिङ हेण्डस् अस्पतालमा उपचार गरिएको थियो ।
एमाले नेता बडालको स्वास्थ्यमा गम्भीर अवस्था आएपछि गंगालाल लगिएको आफन्तले जनाएका छन् ।
सचिव भट्टराईका अनुसार नेता बडालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।











प्रतिक्रिया