९ मंसिर २०८३, बुधबार

एमालेका कारण संविधान संशोधनमा ढिलाइ: मन्त्री नायक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादब

सिरहा, ३० वैशाख । कानूनमन्त्री तथा माओवादी नेता अजय शंकर नायकले एमालेका कारण संविधान संशोधन गर्नमा ढिलाइ भइरहेको आरोप लगाएका छन् ।

सिरहाको लहानमा आयोजित कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै मन्त्री नायकले संविधान संशोधनको बाधक नेकपा एमाले बनेको आरोप लगाए । उनले भने– सरकारले केहि गर्यो कि राष्ट्रघाती भयो भनेर भ्रम फैलाउन एमाले सफल भएको छ । यो यर्थात जनताले बुझ्न जरुरी छ ।

उहाँले मधेसी दलकै सल्लाहमा दोस्रो संशोधन प्रस्ताव संसदमा पेश गरेको दावी गर्दै संशोधन प्रस्ताव पारित गर्न सबै दलसँग सरकार छलफल जारी राखेको बताए । एमालेले स्थानीय तहको चुनाव समेत हुन नदिने ठूलो षड्यन्त्र गरेको तर आफूहरुले असफल पारेको दावी उनले गरे । उनले अहिले एमाले सरकारलाई बदनाम गराउन लागेको आरोप पनि लगाए ।

उनले आफ्ना कार्यकर्ता चुनाव जित्नेगरी तयारीमा जुट्न निर्देशन दिए । उनले जिल्ने स्थानीय तहमा कुनै दलसँग सहकार्य नगर्न र संगठन कमजोर भएको स्थानीय तहमा अन्य दलसँग सहकार्य गर्नपनि निर्देशन दिए ।