काठमाडौं, २९ वैशाख । ०५१ सालमा नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी नेतृत्वकाे सरकारले जेष्ठ नागरिककालागि प्रति महिना १ सय रुपैयाँ पाउने गरि सामाजिक सुरक्षा भत्ता घोषण गरेको थियो ।
त्यतिबेला नेपाली काँग्रेसलगायतका विपक्षीहरूले साठी वर्ष उमेर पुगेका वृद्ध बृद्धालाई एमालले गोली ठोकेर मारिदिन्छ भन्ने सम्मका आरोप लगाएर खुबै प्रचार गरे । तर मनमोहन सरकारले मृत्यु कुरेर बस्ने जेष्ठ नागरिकलाई राज्यका तर्फबाट सुरक्षा भत्ता उपलब्ध गराउने व्यवस्था मिलाएको थियो ।
मनमोहन प्रधानमंत्रीको सरकारमा यो नीतिको घोषणा गर्ने अर्थमंत्री हुनुहुन्थ्यो नेकपा एमालेका नेता भरतमोहन अधिकारी । आज त्यही सामाजिक सुरक्षा भत्तालाई नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेलामा मासिक २ हजार रुपैयाँ पुर्याइएको छ ।
अहिले देशभरि १० लाख ५० हजार जेष्ठ नागरिक यो सामाजिक सुरक्षा भत्ताबाट लाभान्वित भएका छन् । नेकपा एमालेको प्रचार विभागले स्थानीय निर्वाचनलाई लक्षित गरेर तयार पारेको बिद्युतीय सामग्रीमा सामाजिक सुरक्षा भत्ताले जेष्ठ नागरिकमा पारेको प्रभावलाई समेटिएको छ । विभागले तयार पारेको सामाजिक सुरक्षा भत्ता लगायतका विभिन्न बिद्युतीय सामाग्रीको पूर्व उपप्रधानमंत्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीले नेकपा एमालेको मुख्यालयमा अवस्थित मिडिया सेन्टरमा ती सामग्री अभिरुचीपूर्वक अवलोकन गर्नुभयो ।

नेकपा एमालेका तत्कालीन अध्यक्षा मनमोहन अधिकारीको नेतृत्वको सरकारले ल्याएका परिर्वतनकारी योजना वृद्ध भत्ता,आफ्नो गाउँ आफै बनाऔं, एकल महिला सुरक्षा भत्ता र एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले अघि सारेका विभिन्न कार्यक्रमहरुलाई समेटेर १ दर्जन अडियो भिज्योल सामाग्री विभागले बिद्युतीय समाग्रीहरु तयार पारेको छ ।
ती सामग्रीहरु नाटकीय रूपमा प्रस्तुत सामाग्री नेपाली जेष्ठ नागरिकको जीवनसँग मिल्दो र यर्थाथपरक रहेको छ । सामाजिक सुरक्षा भत्ताका कारण जेष्ठ नागरिकमा आएको उत्साह र परिर्वतनको सन्देश नियाल्दै गर्दा एमाले नेताका अधिकारीका आखाँ रसाएका थिए । उहाँले सामाग्री अवलोकन गर्दै विगतको स्मरण भएको उल्लेख गर्दै नेकपा एमालेले जनताको ब्यथालाई सम्बोधन गरेको बताउनुभयो ।
















प्रतिक्रिया