काठमाडौं, २८ वैशाख । स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा भक्तपुरको चाँगुनारायण नगरपालिकामा नेकपा मालेका तर्फबाट प्रमुख, उपप्रमुख, दुई वडाध्यक्षसहित ८ जना आज नेकपा एमाले मा प्रवेश गरेका छन् ।
सो नगरपालिकामा एमालेले आयोजना गरेको चुनावी सभामा मालेका तर्फबाट नगर प्रमुखमा उम्मेदवारी दिनुभएका साधुराम दाहाल, उपप्रमुखका उम्मेदवार लक्ष्मी मगराती, वडा नं ४ मा वडाध्यक्ष उम्मेदवार रामराज मगराती, सदस्य हरिशरण बोगटी र सीता मिजार एमालेमा प्रवेश गरेका हुन् ।
त्यस्तै वडा नं ५ मा वडाध्यक्षका उम्मेदवार सुरज बयलकोटी र सदस्य उम्मेदवार ईश्वर बयलकोटी पनि एमाले प्रवेश गरेका छन् । नवप्रवेशीलाई एमालेका सचिव योगेश भट्टराईले माला र टीका लगाएर पार्टी प्रवेश गराए ।
















प्रतिक्रिया