काठमाडौं, २९ वैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचनको प्रचार प्रसारका लागि बनाइएको चुनावी भिडियोको दुरुपयोग भएको भन्दै प्रहरीको साइबर क्राइम सेलमा उजुरी दिएको छ ।
एमाले केन्द्रीय कार्यालयको तर्फबाट कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले नेपाल प्रहरीको साइबर क्राइम सेल र केन्द्रीय अनुसन्धान व्यूरोमा प्रमाणसहित उजुरी दिएका हुन् ।
प्रचार बिभाग उपप्रमुख सूर्य थापाका अनुसार एमालेका चुनाव लक्षित भिडियोमा आवाज र कन्टेन्ट आफ्नो राखेर लजिकल युथ नामको फेसबुक पेजबाट स्पोन्सर गरिएको पाइएपछि यसमा संलग्न व्यक्तिलाई कारवाहीको माग गर्दै उजुरी दिइएको हो ।
थापा भन्छन्– ‘यो भनेको चोरी मात्र होइन, डकैती हो, यो अपराधमा संलग्न व्यक्तिलाई कारवाही गर्ने यस्ता सन्जाल बन्द गर्नेतर्फ हामीले प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छौं ।’











प्रतिक्रिया