काठमाडौं, २९ वैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हालै संघीय गठबन्धनबाट आफूलाई हटाएको भनेर बाहिर प्रचार भएको विषयलाई लिएर यसलाई घृणित कार्यको संज्ञा दिएका छन् ।
रिपोर्टर्स क्लबद्धारा शुक्रबार आयोजित साक्षात्कारमा उनले भने, ‘महन्थ ठाकुरजीले आफू अध्यक्ष भएको भनेर आँफै मनगन्ते वक्तव्य जारी गर्नुभएछ, मलाई भनेको भए त म आँफै उहाँलाई सम्मानजनक रुपमा फुल, माला र अविर लगाएर पद दिन्थें नि, यो त घटिया षड्यन्त्र हो ।’
विगतमा गठबन्धनको विरुद्धमा उफ्रिनेहरुले नै आज यस्तो घृणित काम गरेको उनले आरोप लगाए । यादवले राजपाका नेता राजेन्द्र महतोप्रति लक्षित गर्दै भने, ‘एक दुई जना मान्छे बोलाएर आफूले आफैलाई गठबन्धनको संयोजक तोक्नु लाजमर्दो कुरा हो ।’
त्यस्तै उनले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग पार्टी एकता हुने तर अहिले हतारमा प्रक्रिया अघि नबढाईहाल्ने तर्क गरे । उनले भने, ‘पार्टी एकीकरण भनेको गिट्टी, बालुवा मिसाएजस्तो होईन नि, विचार मिल्नुपर्यो, भावना मिल्नुपर्यो, आवश्यकता हुनुपर्यो नि ।’











प्रतिक्रिया