४ कार्तिक २०८३, बुधबार

जर्मनीमा ‘रामकृष्ण ढकाल सांगितिक साँझ’ आयोजना हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– दीपक धिताल

जर्मनी । जर्मनीमा ‘रामकृष्ण ढकाल सांगितीक साँझ’ आयोजना हुने भएको छ । नेपाली समाज ह्यानोभर, अन्तराष्ट्रिय कलाकार मञ्च जर्मनी (शाखा) र गैर आवासीय नेपाली संघ (ब्रेमेन नेदरज्याक्सन) जर्मनी को संयुक्त आयोजनामा मे महिनाको २६ अर्थात जेठ १२ गते शुक्रबार ह्यानोभरमा सो कार्यक्रम हुन लागेको हो ।

छोरी रानी ढकालका साथ कार्यक्रममा उपस्थित हुने गायक ढकालले आफ्ना चर्चित गीत प्रस्तुत गर्ने र केही वाद्यवादक समेत रहने आयोजकले बताएका छन । गायक ढकालले ह्यानओभरमा हुने साँझ एक अविस्मरणिय साँझ बनाउने बताउँदै त्यसको तयारीमा रहेको पनि जनाएका छन । आयोजकले युरोपबासी नेपालीलाई Roesebeckstraße 1, 30449 Hannover मा हुने सो कार्यक्रममा उपस्थित भई, नेपाली कला र संस्कृति जगेर्नाको लागि सहयोग गर्नुका साथै, कार्यक्रम भव्य बनाउन आग्रह गरेको छ ।

कार्यक्रमलाई थप मनोरञ्जनपूर्ण बनाउनको लागि स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने आयोजक काजि रानाले जानकारी दिए । अन्तराष्ट्रिय कलाकार मञ्च जर्मनी (शाखा)का महासचिव दीपक अधिकारीका अनुसार साँझ पाँच बजे सुरु हुने सो कार्यक्रमका आगन्तुकहरुलाई नेपाली भोजनले स्वागत गरिने छ । कार्यक्रममा सहभागी हुनको प्रतीब्यक्ती २० युरो, विद्यार्थीलाई १५ युरो र परिवार ‘सहित सहभागी हुनेलाई ५० युरो दरको टिकट तोकिएको छ ।