४ कार्तिक २०८३, बुधबार

बबियाका कृषकलाई सिँचाइ सुविधा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इनरुवा, २९ वैशाख । सुनसरीको इनरुवा नगरपालिका–९ बबियाका किसान सिँचाइ सुविधा पाएपछि खुसी भएका छन् ।

किसानलाई जग्गा भए पनि सिँचाइको अभावले जहिले पनि पिरोली रहेको हुन्थ्यो । सिँचाइ सुविधा नहुँदा उनीहरूलाई जग्गा बाँझो रहने चिन्ताले सताउँथ्यो । “एउटा बाली उत्पादन गर्न समेत मुस्किल हुन्थ्यो,” स्थानीयवासी सत्यनारायण यादवले भन्नुभयो ।

साना सिँचाइ कार्यक्रमअन्तर्गत भूमिगत पानी तान्ने बोरिङ मेसिन पाएपछि बाँझो रहँदै आएको जग्गामा तीनवटा बालीसम्म उब्जाउन सफल भएको उहाँले बताउनुभयो ।

बराह नगरपालिका– मधुवनकी गोमा आचार्य लुइँटेलको अवस्था पनि सत्यनारायणकै जस्तै थियो । अहिले जिल्ला कृषि कार्यालयबाट भूमिगत पानी तान्ने बोरिङ मेसिन पाएपछि उहाँले पनि वर्षमा तीन वटासम्म खेती गर्न थाल्नुभएको छ ।

जिल्ला कृषि विकास कार्यालयले चालु आवमा जिल्लाका ४० कृषक समूहलाई साना सिँचाइ कार्यक्रमअन्तर्गत बोरिङ मेसिन उपलब्ध गराएको छ । मेसिन पाएपछि किसानले धान, गहुँ, दलहनलगायत बाली उत्पादन गरिरहेका छन् ।

बाली विकास अधिकृत दीपेन्द्र पोखरेलका अनुसार सिँचाइ उपलब्ध भएपछि उत्पादकत्वमा वृद्धि हुनुका साथै बाली लगाउन समेत सहज भएको छ । रासस