४ कार्तिक २०८३, बुधबार

अमेरिकामा नेपाली हिपहप गीतको चर्चा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विजय थापा

वाशिंगटन डीसी । नेपालको पाटनमा जन्मेका यूवा ‘पिडलरएम’को भर्खरै निक्लिएको नेपाली हिपहप गीतको चर्चा परिचर्चा पाएको छ ।

२७ वर्षीय नेपाली हिपहप गायक सन् २००६ देखि अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाएका छन् ।

सन् २०१० देखि लगातार उनी संगीतसम्बन्धि अध्ययन गर्दै संगीतको दुनियामा होमिएका छन् । नेपाली संस्कृति, भाषा तथा आफ्नो प्रतिभा विश्वलाई चिनाउन संगीतमा लागेको उनले बताए ।

उनले गत अप्रिलमा पहिलो एल्बम रेजिलिएन्ट सार्बजनिक गरेका छन । उनको यो पहिलो एकल गीत मर्सिटिजको भिडियोले हंगामा गरेको छ ।

गीतमा शब्द उनकै रहेको छ । गीतको निर्देशन आरजेसीले गरेका हुन् ।

संगीत प्लाटिनम सेलर्सले दिएका छन् । संगीत व्यवस्थापन रोबर्ट ब्राउनले गरेका हुन् । ‘पिडलरएम’ विभिन्न सांगीतिक कार्यक्रममा व्यस्त छन् ।