अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्षका उम्मेद्धवार र आम सरोकारवालाहरूबीच मे २१ तारिखमा प्रत्यक्ष अन्तरक्रियात्मक कार्यक्रम “एनआरएनए अमेरिका निर्वाचन बहस” हुने भएको छ ।
नेप्लीज अमेरिकन मिडिया एण्ड रिसर्च सेन्टर र एबिसी न्यूज टेलिभिजन नेपालको आयोजनामा न्युयोर्क ज्याक्सन हाइटस्थित सत्यनारायण मन्दिरको सभाहलमा हुने सो कार्यक्रममा अध्यक्षका प्रत्यासीहरु र अन्य पदका उम्मेदवारहरुको पनि सहभागिता रहने कार्यक्रम संयोजक किरण मरहठ्ठाले जानकारी दिए ।
एनआरएन अमेरिकाको आगामी कार्यकालको अध्यक्षको लागी वर्तमान अध्यक्ष केशव पौडेल, बरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल, र उपाध्यक्षहरु राम सी पोखरेल, रबिना थापा र डिल्ली भट्टराइ र यूवा उद्यमी गौरीराज जोशीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।















प्रतिक्रिया