९ मंसिर २०८३, बुधबार

काठमाडौंको तारकेश्वर नगरपालिकामा एमालेको ‘आक्रामक’ तयारी, जित सुनिश्चित भएको दाबी

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । नेकपा (एमाले)का नगरप्रमुखका उम्मेदवार रामेश्वर बोहोराले समृद्ध जनताको समृद्ध तारकेश्वर नगर निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । निर्वाचन प्रसार प्रसारको अन्तिम समयमा जनताको घर दैलोमा मत माग्दै हिडेका बोहराले जनताकै चाहना अनुसार विकास निर्माणलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

हामीले समृद्ध जनताको समृद्ध तारकेश्व नगर निर्माणको संकल्प अघि सारेका छौं, विकास निर्माणमा जनताको प्रत्यक्ष सहभागीता र स्वामित्व हाम्रो मुल एजेण्डा हो, बोहराले भने । बोहराले सडकको स्तरोन्नती तथा स्वास्थ्य, शिक्षा, खानेपानी र सरसफाईलाई बिशेष जोड दिने पनि स्पष्ट पारे ।

आफ्नो नगरमा जनताले पुर्ण सुशासनको प्रत्याभुति गर्ने पनि उनले बताए । सहरको दायाँबायाँको हरियाली विकास गर्ने, खानेपानी मुहानलाई जलाधार क्षेत्र घोषणा गरी संरक्षण गर्ने र टोलटोलमा खानेपानीको सहज पहुँच पुर्याउने प्रतिबद्धता उनको छ । बोहरा साविकको मनमैजु गाबिसका निर्वा्चित अध्यक्ष पनि हुन् ।

तारकेश्वरमा ११ वडाका १४ मतदानस्थल तथा ३५ मतदान केन्द्रमा मतदान अधिकृत परिचालन भइसकेका छन् भने मतदाता परिचयपत्र वितरणका लागि ठाउँठाउँमा सर्वदलीय बैठक भइरहेका छन् । तारकेश्वर नगरमा २९ हजार ५०२ मतदाता रहेका छन् ।

यस नगरपालिकामा ८१ हजार ४४३ जनसंख्या बस्ने गरेपनि आप्रवासीको बाहुल्यता रहेकाले पनि मतदाता कम देखिएका छन् । निर्वाचनमा १० दल र चार स्वतन्त्रसहित गरी २९८ उम्मेदवार मैदानमा छन् । दुई वर्षअघि घोषणा भएको यस नगरको पूर्वमा टोखा, उत्तरपश्चिममा नुवाकोट जिल्ला, दक्षिणमा काठमाडौँ महानगर र दक्षिण पश्चिममा नागार्जुन नगरपालिका पर्छन् ।