९ मंसिर २०८३, बुधबार

कांग्रेसको भन्यो- हामी दुई तिहाई स्थान जित्दैछौ, एमाले प्रतिगामी कित्तामा उभिएको आरोप

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, बैशाख २८ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह निर्वाचन २०७४ प्रचार प्रसार उपसमितिका संयोजक रमेश लेखकले स्थानिय तहको निर्वाचनमा काँग्रेसले करिब दुइ तिहाई स्थान नेपाली कांग्रेसले जित्ने दावी गर्नभएको छ ।

उहाँले सो कुरा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन २०७४ प्रचार प्रसार समन्वय उपसमितिद्घारा बिहीबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भन्नुभएको हो ।

“हामी अत्यन्तै उत्साहित छौं । लामो समय पछि भएको स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा अभूतपूर्व लहर आएको छ” केन्द्रीय सदस्य लेखकले भन्नुभयो, “प्राप्त सूचनाका आधारमा हामी ६० देखि ६५ प्रतिशत स्थानमा चुनाव जित्दैछौ ।’

नेपाली काँग्रेसको पक्षमा व्यापक जनमत देखा परेको दावी गर्दै लेखकले यो चुनावमा मतदातालाई परिवर्तन, जनताका अधिकार र स्थानीय विकासका मुद्दाले आकर्षित गरेको बताउनु भयो । “काँग्रेस जे भन्छ, त्यहि गर्छ जति गर्न सक्छ त्यतिमात्र भन्छ भन्ने यथार्थ मतदाताले बुझेका छन” केन्द्रीय सदस्य लेखकले भन्नुभयो,“ नेपाली कांग्रेसकै नेतृत्वमा देशमा शान्ति र संविधान आएकोले संविधानको कार्यान्वयन पनि यही पार्टीले गर्न सक्छ भन्ने विश्वास पनि मतदातामा परेको छ ।”

पत्रकार सम्मेलनमा नेता लेखकले कांग्रेस जित्दा जनता ढुक्क हुन सक्ने र हार्दा देश नै चिन्तित हुनुपर्ने स्थिति नेपाली जनताले पटक पटक व्यहोरेको हुनाले पनि कांग्रेसप्रति जनताको भरोसा रहेको उल्लेख गर्नुभयो । विगतका दुई संविधानसभाका चुनावको प्रसंग उठाउदै उहाँले भन्नुभयो,“ पहिलो संविधानसभाको निर्वाचनमा कांग्रेस हा¥यो, संविधान बनेन र दोस्रो संविधानसभाको चुनावमा कांग्रेस पहिलो पार्टी बन्यो र संविधान पनि आयो ।”

कार्यक्रममा नेता लेखकले संविधानको आधारभुत तत्वहरुको विपक्षमा रहेका दलहरुसँग मिलेर यस चुनावमा एमाले प्रतिगामी कित्तामा उभिएको आरोप पनि लगाउनुभयो ।

उहाँले दोस्रो चरणको निर्वाचन तोकिएकै मितिमा हुने दावी गर्दै भन्नुभयो,“ चुनाव हुन नदिने षड्यन्त्रलाई चिर्दै कांग्रेसले निर्वाचन गराउछ ।” उहाँले दोस्रो चरणको निर्वाचनमा स्थानीय तहको आवश्यकता अनुसार स्थानीय तहमा नै संविधान मान्ने र अग्रगामी शक्तिहरुसंग तालमेल हुने संभावना रहेको बताउनुभयो ।

उहाँले दोस्रो चरणको निर्वाचन अगावै माओवादी केन्द्रसंग भएको सहमति अनुरुप यही गठवन्धन अन्तरगत रही नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने दावी पनि गर्नुभयो ।

कार्यक्रममा नेता लेखकले काठमाडौं लगायत पहिलो चरणको निर्वाचन हुने महानगर÷उपमहानगर÷नगर÷गाँउ पालिकाहरुका सबै उम्मेदवार र नेता तथा कार्यकर्ताहरु प्रचार प्रसारमा खटिएको उल्लेख गर्दै चुनावी प्रचार शैली भड्किलो नभएकोले खर्च पनि निर्वाचन आयोगले तोेकेको सीमाभित्रै रहेको बताउनु भयो ।“ खर्चको विवरण निर्वाचन आयोगलाई बुझाउनु पर्ने भएकोले पनि त्यो आयोगले निर्धारण गरेको सीमाभित्रै रहेको छ” नेता लेखकले भन्नुभयो ।

पत्रकार सम्मेलनमा नेता लेखकले सबै राजनीतिक दलहरुले भयरहित तवरले शान्तिपूर्ण रुपमा मतदान गर्ने वातावरण बनाउन निर्वाचन आयोगमा प्रतिबद्धता व्यक्त गरेको र स्थानीय तहमा समेत विचारका आधारमा मतमाग्ने वातावरण बनेकोले निर्वाचनमा ढुक्क भएर मतदान गर्न सबै मतदातालाई कांग्रेसले अपील गरेको बताउनुभयो ।