९ मंसिर २०८३, बुधबार

राष्ट्रपतिद्वारा प्रमुख दलका शीर्ष नेताहरूसँग परामर्श

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न श्रीलंका र थाइल्याण्ड भ्रमणका सन्दर्भमा प्रमुख दलका नेताहरूसँग छलफल गरेकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार बिहान भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख दलका नेताहरूले भ्रमणका लागि विभिन्न राय, सुझाव प्रस्तुत गरेका थिए ।

बैठकमा प्रधानमन्त्री दाहालका साथै कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, एमाले उपनेता सुवास नेम्वाङ, उपप्रधानमन्त्री विजयकुमार गच्छेदार, संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादव, राजपा नेपालका नेता महन्थ ठाकुर सहभागिता रहेको थियो ।