९ मंसिर २०८३, बुधबार

काँग्रेस एमाले जोड घटाउः एमाले ८ स्थानमा, काँग्रेस १ स्थानमा अगाडि

21k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, २७ वैशाख । आगामी स्थानीय तह निर्वाचनमा काँग्रेस एमाले बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । जिल्लामा रहेका नौ वटा स्थानीय तहमध्ये सबैमा काँग्रेस र एमाले नै कडा प्रतिस्पर्धी देखिएका हुन् ।

नेकपा माओवादी केन्द्र तेस्रो शक्तिका रुपमा रहेपनि २०७० को मत सर्भेक्षण हेर्दा कमजोर देखिएको छ । माओवादी केन्द्र केही गाउँ तथा नगरपालिकामा निर्णायक हुने देखिएको छ ।

एमालेले वैशाखको पहिलो साता नै बाजुराका उम्मेदवारहरू तय गरिसकेको छ । तर कांग्रेसले अहिलेसम्म तय गर्न सकेका छैनन् । जनताका वीचमा उम्मेदवारहरू पुगेकोले पनि एमालेले जित्ने दावी गर्न थालेको छ ।

एमालेले समयमै उम्मेदवार छनौट गरेर धेरै असन्तुष्टि समाधान गरिसक्ने मौका पाएको छ । तर, काग्रेसका उम्मेदवार टुंगो लाग्नु र उम्मेदवार छानिनु संगैसंगै हुने भएकोले असुन्तुष्टि समाधान गर्न कठिनाई हुने सम्भावना छ ।

दोस्रो संविधान सभाको मत हेर्दा नौ वटा स्थानीय तहमा त्रिवेणी बाहेक अन्य ८ वटामा एमाले पहिलो काँग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा छ । २०७०को मत तथ्याकंका आधारमा बडिमालिका नगरपालिकामा एमाले काँग्रेस भन्दा ३८५ मतले अगाडि देखिएको छ ।

एमालेले २९४४, काँग्रेसले २५५९ र माओवादीले ३७४ मत प्राप्त गरेको छ । त्यस्तै गौमुल गाउँपालिकामा एमाले १९३७, काँग्रेस ९०५ र माओवादीले १४९ मत प्राप्त गरेको छ । यहाँ एमाले काँग्रेस भन्दा १०३२ मतले अगाडि छ । बडिमालिका र गौमुलमा साविक बडिमालिका नगरपालिका १ बसाला सटेडा गौमुलमा गाभिएकोले दूबैपालिकामा केही मत तलमाथि पर्ने देखिन्छ ।

यसैगरी पाण्डवगुफा गाउँपालिकामा एमाले १४७१, काँग्रेस ६६९ र माओवादीले ८५३ मत प्राप्त गरेको छ । यहाँ काँग्रेस एमाले भन्दा एमाले र माओवादी बीच कडा प्रतिस्पर्धा देखिएको छ । तरपनि माओवादी भन्दा ६१८ र काँग्रेस भन्दा ८०२ मतले एमाले अगाडि देखिएको छ । पाण्डव गुफामा काँग्रेस एमालेबीच मिलोमतो भए एमालेलाई जित्न चुनौति हुने देखिएको छ ।

त्यस्तै स्वामिकात्र्तिक गाउँपालिकामा २५४०, काँग्रेसले १०५४ र माओवादीले ७३३ मत पाएको छ । यसमा काँग्रेस र माओवादीबीच चुनावी तालमेल भएपनि एमाले दुबैको मत जोडेर एमाले ७५३ मतले अगाडि छ ।

बुढीनन्दा नगरपालिकामा एमाले २८८७, काँग्रेसले २२१३ र माओवादीले ७६० मत प्राप्त गरेको छ । बुढीनन्दामा साविक जगन्नाथ र बाँधुको पीपलडाली थपिएकोले केही मत अन्तरमा तलमाथि हुने देखिएको छ । तर काँग्रेस भन्दा ६७४ मतले अगाडि देखिएको एमालेका लागि थपिएका वडामा पनि एमालेको बाहुल्यता रहेकोले सहज हुने बताईएको छ ।

यस्तै हिमाली गाउँपालिकामा एमाले १६४१, काँग्रेस १३५१ र माओवादीको ८९३ मत संख्या रहेको छ । काँग्रेस भन्दा २९० मतले अगाडि देखिएपनि माओवादी र काँग्रेस बीच तालमेल भए एमालेलाई चुनौति देखिएको छ ।

त्रिवेणी नगरपालिकामा भने काँग्रेस निकै अगाडि छ । त्रिवेणीमा एमालेको २२०१, काँग्रेसको ३२७७ र माओवादी केन्द्रको ९३५ मत रहेको छ । यहाँ माओवादी र एमाले बीचको चुनावी तालमेल हुँदा पनि १४१ मतले अगाडि देखिएकोले काँग्रेसको जित पक्का जस्तै छ ।

कडा प्रतिस्पर्धा हुने भनिएको बुढीगंगा नगरपालिकामा पनि एमाले अगाडि छ । २०७०को चुनावमा एमालेले ३५८३, काँग्रेसले ३२५७ र माओवादी केन्द्रले २४० मत पाएको छ । काँग्रेस माओवादीको जोड्दा पनि एमाले ८ मतले अगाडि देखिएको छ । तर तत्कालिन समयमा कर्णबहादुर थापा एमालेको बलियो उम्मेदवार भएर मत बढी आएपनि यो पटक काँग्रेसकै पक्षमा मत बढी हुने काँग्रेसको अनुमान भएपनि एमालेले जितको निरन्तरता हुने दाबी गरिरहेको छ ।

यसैगरी काँग्रेसले सहज जितको अपेक्षा गरेको छेडेदह गाउँपालिकामा पनि एमाले अगाडि छ । साविक पाँच गाविस बुढीगंगा र त्रिवेणी पछि तेस्रो बढी जनसंख्या र मतदाता रहेको गाउँपालिकामा एमालेले २९५१, काँग्रेसले २७५५ र माओवादीले ६४५ मत प्राप्त गरेको छ । छेडेदहमा एमाले काँग्रेस भन्दा १९६ मतले अगाडि रहेको छ ।

यो पटक विकासको योजना निर्माण गर्न सक्ने योग्य उम्मेदवार लालबहादुर ओलीलाई अघि सारेकोले पनि मतसंख्या बढ्ने अनुमान एमालेले गरेको छ । तर काँग्रेसले त्यो समय काँग्रेस भित्रकै प्रभावशाली नेता पदमबहादुर शाही माओवादीमा प्रवेश गरेकोले मत घटेपनि एमाले भन्दा अगाडि नै रहेको दाबी काँग्रेसको छ ।

उसो त शाही माओवादीमा गएपनि आफ्नै गृह गाविस जयवागेश्वरीबाट ६५ मत मात्र प्राप्त गरेका थिए । काँग्रेस माओवादीबीचको तालमेल भएमा चुनौति भएपनि अन्य अवस्थामा जित्ने दाबी एमालेले गरेको छ । तर काँग्रेसले भने २०७० को चुनाव भन्दा बेग्लै परिस्थितिमा चुनाव हुने भएकोले २०६४ को शाख फर्किने दाबी गरेको छ । २०५४ सालमो स्थानीय निकायको निर्वाचनमा एमालेले १५ र काँग्रेसले १२ गाविसमा जितेको थियो ।