काठमाडौँ, २७ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिँदै जादा देशको राजधानी काठमाडौ महानगरपालिकाको निर्वाचनको चर्चाले थप महत्व पाएको छ । कूल ३२ वडा रहेको महानगरपालिकामा २ लाख ७९ हजार ४ सय ३७ मतदाता छन् । विगतमा जनताका पक्षमा लोकप्रिय काम गरेका पूर्व मेयर केशव स्थापित उम्मेदवार नभएपनि प्रत्यक्ष प्रचारमा रहेका कारण पनि यहाँको चुनावी माहौल तातेको देखिन्छ ।
चर्चामा अन्य उम्मेदवार पनि देखिएपनि काठमाडौ महानगरपालिकामा नेकपा (एमाले) उम्मेदवार विद्यासुन्दर शाक्यको जित निश्चित प्रायः देखिन्छ ।
शाक्यका अगाडि कांग्रेसले मेयर पदमा राजुराज जोशी फिका सावित भएका छन् । जोशी यसकारण पनि कमजोर हुन् कि, शाक्य काठमाडौँको नेवारी समुदायमा जन्मि–हुर्किएका भित्री सहरका बासिन्दा हुन् । शाक्य सानैदेखि यहाँको विकास र राजनीतिमा सक्रिय र लोकप्रिय छन् ।
शाक्य २०३७ सालको जनमत संग्रहका बेला भर्खर १६ वर्षका थिए । तर, १६ वर्षको कलिलो जवानीमा पनि उनको राजनीतिक चेतना भने निकै उर्भर बनेको थियो । उनले त्यसैबेलादेखि नै आफ्नो सम्पूर्ण ध्यये राजनीतिमा लगाएका थिए ।युवाहरुलाई संगठित गर्ने, संगठनलाई कुशल ढंगले सञ्चालन गर्ने जस्ता कार्यमा उनको भूमिका उल्येख्य छ ।
स्पष्ट अडान र सोच भएका शाक्य करिव दुई दशकदेखि नेकपा (एमाले)को जिल्ला कमिटीमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन् । मृदुभाषी, कुशल र भलादमी संगठकका रुपमा आफ्नो छुट्टै परिचय बनाउन सफल शाक्य २० वर्षदेखि एमाले काठमाडौँ जिल्ला कमिटीको सचिवको हैसियतमा छन् ।
राजनीतिमा लागेर अहिलेसम्म कुनै पनि विवादमा नमुछिएका शाक्य लगनटोलमै पत्नी सुचिता शाक्य सहित बस्दै आएका छन् । सपना बाँड्ने भन्दा पनि महानगरवासीको सपना पूरा गर्ने ध्येयले मेयरका रुपमा प्रस्तुत भएका शाक्यले आफ्नो कार्यकालमा भनिने महानगर होइन देखिने महानगर बनाउँने प्रतिवद्धता व्यक्त गरका छन् ।
काँग्रेसका जोशी नबिन्द्रराज जोशीका भाइ र नेता प्रकाशमान श्रेष्ठका बिश्वासपात्र भएकै कारण र आर्शिबादका कारण टिकट पाउन सकेका हन् । उनको राजनिति पृष्ठभुमि पनि खासै नभएको र अनुभब पनि नभएको बुझिएको छ । पार्टीमा पनि उनको आपनो अहमता र घमण्डताका कारण पार्टीमा कुनै कमिटिमा छैनन् ।
स्रोतका अनुसार उनी लामो समय अमेरिका बसेर केही समय अगाडि मात्र नेपाल फर्केका हुन । जसका कारण उनी ग्रिन कार्ड होल्डर भएको पनि आशंका गरिएको छ । काग्रेसको १३ औ महाधिबेसनका बेला कागे्रसका महामन्त्री प्रकाशमान सिहंले काठमाडौंको मेयर दिउला भनेर बिश्वास दिलाएका कारण उनी अमेरिकाबाट नेपाल फर्किएको समेत बुझिएको छ ।
साथै उम्मेदवारी दर्ता हुनु अगाडि जोशी जुवाको खालमा भेटिने गरेको पनि बुझिएको छ । उनी प्राय याक एण्ड यति लगायतका क्यासिनोमा भेटिने गरेका छन ।
कुशल संगठनका रुपमा आफुलाई उभ्याउन सफल शाक्यलाई त्यसबेला निर्वाचन जित्न कुनै समस्या छैन । उनका अगाडि उनका प्रतिस्पर्धी फिका देखिएका छन । यिनै कारणले गर्दा पनि काठमाडौमा शाक्यले बाजि मार्ने जानकारहरु बताउँछन् ।
– दिपु पोखरेलबाट












प्रतिक्रिया