
काठमाडौं, २७ बैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक परिस्थितिको विषयमा छलफल भएको छ ।
बुधबार बिहान बालकोटस्थित निवासमा आइपुगेका देउवालाई ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग फिर्ता लिएर स्थिति सहज बनाउन आग्रह गरे । ‘महाअभियोगले संसारमै नेपालप्रति नकारात्मक सन्देश गएको छ, त्यसैले महाभियोग फिर्ता लिनुस् ।’- ओलीले भनेका थिए । जबाफमा देउवाले आफू सकारात्मक रहेको बताए ।
असान्दर्भिक विषय ल्याएर राष्ट्रिय राजनीतिक वातावरणलाई नमिल्याउन ओलीले देउवालाई आग्रह पनि गरे । संविधान संशोधन प्रस्तावदेखि प्रधानन्यायाधीशमाथिको महाभियोगसम्म सत्तारुढ गठबन्धनको नियत राम्रो नदेखिएको उनले बताए ।
बिहान ११ बजे ओली निवास बालकोट पुगेका थिए । भेटमा जेठ १५ भन्दा अगाडि नै दोस्रो चरणको चुनाव गर्ने विषयमा पनि छलफल भएको थियो ।











प्रतिक्रिया