८ मंसिर २०८३, मंगलबार

करोडौं विदेशी मुद्रासहित ६ चिनियाँ नागरिक नागढुंगाबाट पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । अवैध विदेशी मुद्रासहित नागढुङगाबाट ६ चिनियाँ नागरिक पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बुधबार बिहान काठमाडौंबाट रसुवाको केरुङ जाँदै गरेका ६ चिनियाँ नागरिकलाई करिब चार करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित पक्राउ गरेको हो ।

महाशाखा एसपी प्रकाशजंग कार्कीका उनीहरु सवार माइक्रोबस नागढुङगामा चेकजाँच गर्दा विदेशी मद्रा भेटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।