८ मंसिर २०८३, मंगलबार

प्रचण्डपुत्री मेयर उठेको भरतपुरमा एमालेको बृहद आमसभा, ओलीले सम्बोधन गर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २७ वैशाख । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भोलि (विहीवार) भरतपुर आउनुहुने भएको छ ।

बैशाख ३१ गते हुने स्थानिय निर्वाचनको प्रचारप्रसारका लागी एमाले भरतपुर महानगर कमिटिको आयोजनामा भोली हुने आमसभामा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्न अध्यक्ष ओली भरतपुर आउन लाग्नुभएको हो । अध्यक्ष ओलीसंगै महासचिव ईश्वर पोखरेल पनि आउनुहुने एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।

आमसभा भोलि दिउँसो १२ बजे नारायणगढको पोखरा बसपार्कमा हुनेछ । आमसभा अघि विहान ११ बजे भरतपुरको चौविसकोठीबाट नारायणगढको लायन्सचोक, शहिदचोक, पुल्चोक हुदै पोखरा बसपार्कमा र्याली निकाल्ने तयारी गरिएको छ ।

भरतपुर महानगरमा पार्टीबाट मेयरमा उम्मेदवार बन्नु भएका देवी ज्ञवाली, उपमेयर पदमा उम्मेदवार बन्नु भएकी दिव्या शर्मा आचार्यसहित सबै उम्मेदवारहरुको पक्षमा ब्यापक जनलहर बढेकाले महानगरवासीलाई थप हौसला प्रदान गर्न पार्टी नेतृत्व चितवन आउन लागेको एमाले चितवनका अध्यक्ष पाख्रेलले बताउनुभयो ।

राष्ट्रिय राजनीतिमा अत्यन्त अटल र स्वाभिमानी भुमिकाका कारण पार्टीका केन्द्रिय अध्यक्ष ओलीको मन्तव्य सुन्न हजारौ संख्यामा जनसमुदायको उपस्थिती हुने एमाले चितवनले विश्वास लिएको छ ।