काठमाडौं । यहि १३ मेदेखि दुवईमा आयोजना हुने ब्युटिसियनहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वर्ल्ड व्यूटी च्याम्पियन २०१७’मा नेपालको प्रतिनिधित्व फुर्दिकी शेर्पाले गर्ने भएकी छन् ।
भोजपुरकी स्थायी घरभइ हाल काठमाडौंमा बस्दै आएकी शेर्पा सौन्दर्य व्यवसायी हुन् । ३५ भन्दाबढी देशका सौन्दर्य व्यवसायीहरूको सहभागिता रहने प्रतियोगिता सौन्दर्य व्यवसायीहरूको अन्तरनिहीत प्रतिभा उजागर गर्दै उनीहरूको कामप्रतिको लगाव र आत्मविश्वास बढाउने रहेको छ ।
२०११ मा सीटीइभीटी धरानवाट व्यूटिसियनको कोर्स पूरा गरेपछि सौन्दर्य ब्यवसायमा होमिएकी शेर्पा २०१३ मा एडभान्स कस्मेटोलोजी हुँदै आधुनिक मेक अपकोर्स, नेल आर्ट, हेयर डिजाइनिड लगायतका विधामा कार्य गर्दै आइरहेकी छन् ।















प्रतिक्रिया