काठमाडौं, २५ वैशाख । निर्जिवन बीमा सेवा प्रदायक कम्पनी प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आज आफ्नो २३ औं बार्षिकोत्सवको अवसरमा एक समारोहको आयोजना गरि कम्पनीको वर्तमान स्थिति, हाल उपलब्ध गराउँदै आएका सेवाहरु र भविष्यमा प्रदान गर्ने ग्राहकमुखी सेवाहरुबारे जानकारी दिएको छ ।
कम्पनीको केन्द्रिय कार्यालय, नारायणचौर, नक्सालमा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँईको प्रमुख अतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा उपस्थित विभिन्न संस्थाका प्रतिनिधिहरु माझ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले बीमा दावीको प्रक्रिया सरलीकृत गर्ने कम्पनीको मुख्य लक्ष्य रहेको र त्यस अनुरुप कम्पनीले छिट्टै नै सीसीआईपी (Customer Claim Information Portal) सेवा मार्फत ग्राहकहरुलाई अनलाइन प्रक्रियाबाट बीमा दावी प्रक्रियाको सेवा सुरुवात गर्न लागेको बारे जानकारी गराउनुभयो । सो उपलक्ष्यमा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँई कम्पनीको नयाँ लोगोको अनावरण गर्नुभयो ।
प्रिमियर इन्स्योरेन्सको वित्तीय स्थितिः
आ. व. २०७२।७३ मा कम्पनीले कुल बीमा शुल्क रु. १ अर्व ४२ लाख आर्जन गरी खुद नाफा रु. १८ करोड ४७ लाख आर्जन गर्न सक्षम यस कम्पनीको हाल चुक्ता पुँजी रु. ४४ करोड ८५ लाख रहेको छ । कम्पनीको व्यावसायिक लक्ष्य पूरा गर्न कम्पनीको अधिकृत पूँजी रु. ७५ करोडलाई बृद्वि गरी रु. २ अर्व र जारी पुँजीलाई रु. १ अर्व ५० करोड वनाएको यस कम्पनीले सोको लागि ६ लाख ५९ हजार कित्ता शेयर एफपीओ जारी गर्नको लागि एनएमबी क्यापिटल लि. सँग सम्झौता भई धितोपत्र बोर्डमा स्विकृतिको लागि निवेदन पेश गरेको छ ।
चालु आ. व. २०७३।७४ को तेश्रो त्रैमासिकको अन्त सम्ममा कम्पनीले रु. १ अर्व ७७ लाख बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।















प्रतिक्रिया