१ कार्तिक २०८३, आइतबार

कांग्रेसले भन्यो- हामी अग्रस्थानमा छौ, सबै स्थानमा चुनाव जित्दैछौं

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २५ वैशाख । नेपाली कांग्रेसले पहिलो चरणमा निर्वाचन हुने सबै स्थानमा आफ्नो पक्षमा चुनावी लहर आएको दावी गरेको छ ।

सोमबार अपरान्ह नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् स्थानीय तह निर्वाचन २०७४ केन्द्रीय प्रचार–प्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले यस्तो दावी गर्नुभएको हो । “ स्थानीय तहको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा लहर आएको छ ,” उहाँले भन्नुभयो,“ हामी अग्रस्थानमा छौ, हामी चुनाव जित्दैछौ ।”

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य लेखकले नेपाली कांग्रेसका सबै तहका नेताहरु अत्यन्त क्रियाशीलतापूर्वक निर्वाचनमा खटिइरहेको बताउदै भन्नुभयो,“ समग्र पार्टी तलदेखि माथिसम्म एक ढिक्का भएर लागेको छ ।”

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले पहिलो चरणको निर्वाचन हुने सबै जिल्लाहरुका त्यहाँका जिल्ला ÷ क्षेत्रीय÷ नगर÷ गाँउ कार्यसमिति, भातृ तथा शुभेच्छुक संघ÷संगठन र मतदाताका बीचमा समन्वय कायम गर्न केन्द्रीय नेताहरुलाई खटाएको जानकारी दिंदै केन्द्रीय सदस्य लेखकले भन्नुभयो,“ यसले जिल्लामा थप उत्साह थपिने छ र नेपाली कांग्रेस अझ अगाडी बढ्नेछ ।”

नेपाली कांग्रेसले निर्वाचनको क्रममा अन्य दलहरुसंग भएको तालमेल समस्यारहित भएको पनि जनाएको छ । “ तालमेल भएका स्थानमा अहिले कुनै समस्या छैनन्” केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिका संयोजक लेखकले भन्नुभयो,“ संयुक्त प्रचार अभियान चलेको छ । पत्रकार सम्मेलन भएको छ ।” उहाँले ती स्थानमा पनि नेपाली कांग्रेसको अवस्था अत्यन्तै राम्रो भएको जानकारी दिनुभएको थियो ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसले निर्वाचनमा मतदाता शिक्षालाई पनि उत्तिकै प्राथमिकता दिएको बताउनु भएको थियो । उहाँले निर्वाचनलाई निश्पक्ष, धाँधलीरहित ,भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नेपाली कांग्रेसका सबै तहका नेता र कार्यकर्ताहरु समर्पित भएर लागेको पनि उल्लेख गर्नुभएको थियो ।

निर्वाचन प्रचार प्रसारका क्रममा केही स्थानमा नेपाली कांग्रेसका कार्यकर्ताको सवारी साधन तोडफोड गर्ने दुस्प्रयास भएकोमा त्यसको कडा शब्दमा भत्र्सना गर्दै केन्द्रीय सदस्य लेखकले भन्नुभयो,“ यस्ता अवाञ्छित घटनाले कांग्रेस कति पनि विचलित हुँदैन । थप ऊर्जाका साथ अगाडि बढ्छ ।”

सहमतिमै संशोधन विधेयक पारित गरिने

केन्द्रीय प्रचार–प्रसार समन्वय उपसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उपसमितिका संयोजक एवम् केन्द्रीय सदस्य लेखकले संसदमा विचाराधिन संविधान संशोधन विधेयकलाई राजनीतिक दलहरुको सहमतिमा नै पारित गर्ने मनशायले अगाडि बढाइरहेको दावी पनि गर्नुभयो ।

संशोधनको विलम्बले तराई–मधेशका जनतामा धोका हुन्छ कि भन्ने सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिंदै नेका केन्द्रीय सदस्य लेखकले भन्नुभयो “संविधानमा सबैको स्वामित्व स्थापना गर्न र संविधान मेरो पनि हो भन्ने भावना जागृत गराउदै साझा सम्पत्तिको रुपमा यसलाई स्थापित गराउने कार्यको नेतृत्व पनि नेपाली कांग्रेसले नै लिन चाहन्छ ।”

कार्यक्रममा केन्द्रीय सदस्य लेखकले संविधानलाई सर्वस्वीकार्य बनाएर कार्यान्वयनमा लैजाने विषयलाई नेपाली कांग्रेसले प्रारम्भ देखिनै प्राथमिकतामा राखेको उल्लेख गर्दै भन्नुभयो,“ तराई–मधेश,पहाड,हिमाल सहित देशको सबैभागमा बस्ने सबै नेपालीको भावना समेट्न सकियोस भनेर नै हामीले संविधान जारी हुँदाका बखतदेखि नै संशोधनद्वारा यसका कमी कमजोरी सुधार गरिने कुरा उठाएका थियौ।”

“यसमा साझा एजेण्डाहरु समेटिएका छन,” संविधान संशोधनको प्रस्ताव सहमतिमा तयार पारेर नै दर्ता गरिएको उल्लेख गर्दै केन्द्रीय सदस्य लेखकले भन्नुभयो,“ यसमा राष्ट्रिय जनता दलसंग छलफल गरेर संशोधन विधेयक परिमार्जमा साझा धारणा बनाइएको छ, उपयुक्त समयमा विधेयक प्रस्तुत हुनेछ।”

विभिन्न दलहरुसंग वार्ता र संवाद गरी संशोधन विधेयक पारित गरिने बताउदै उहाँले भन्नुभयो,“ यसमा केही जटिलता पनि छन् तर हाम्रो तर्फबाट हैन ।”