
दमौली, २५ वैशाख । निर्वाचन आचारसंहिता विपरित कांग्रेसको सभामा भाषण गर्दै कांग्रेस उम्मेदवारलाई भोट मागेका वनमन्त्री शंकर भण्डारीले आफ्नै उपस्थितिमा सोमबार भानु नगरपालिका १ सालबिस्नेमा मतदातालाई पैसा बॉडेका छन् ।
निर्वाचन आचारसंहिता लत्याउँदै वनमन्त्री भण्डारीले सालबिस्नेका मतदातालाई प्रभावित पार्न पैसा बॉडेका हुन् । पैसा बॉडिएको खबर थाहा पाउने बित्तिकै स्थानीय जनताले विरोध गरेका छन् । स्थानीयको विरोधपछि मन्त्री भण्डारी त्यहॉबाट भागेको एक स्थानीयले बताए ।
‘मतदातालाई पैसा बॉडेको सुचना आएपछि एमाले, माओवादी लगायत स्थानीय तत्कालै पुगेर विरोध जनाए’ सोही ठाउँ पुगेका एक सर्वसाधारणले भने ‘स्थानीयले घेरा हालेपछि प्रहरीले मन्त्रीलाई तत्कालै त्यहॉबाट लगे ।’
भानु नगरपालिकामा कांग्रेसबाट मेयरमा उदयराज गौली र उपमेयरमा आशा थापा उम्मेदवार छन् । मन्त्री भण्डारीको निर्वाचन क्षेत्र अन्तरगतको उक्त नगरपालिकामा कांग्रेसका उम्मेदवारलाई जिताउन भन्दै शनिबार भानु आएका उनले भानु र पुर्कोटको चुनावी सभामा भाषण समेत गरेका थिए ।
मन्त्री भण्डारी यसअघि पनि आचारसंहिता मिच्दै चुनावी प्रचार प्रसारमा देखिएका थिए ।















प्रतिक्रिया