समाचार टिप्पणी
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार विहानै काठमाडौं महानगरपालिकाको २१ नम्बर वडामा देखिए ।
त्यहाँबाट उनले नेकपा एमालेको घरदैलो अभियानको शुभारम्भ गरे । त्यसक्रममा उनले जनतासँग भलाकुसारी थाले । अभियान शुभारम्भ गरेर आफै घरदैलोमा हिडेका ओलीले जनतासँगै सुरक्षामा खटिएका म्यादी प्रहरीका समस्या र सेवा सुविधाबारे पनि बुझे ।
जनतासँग भलाकुसारी गर्नु, समस्या सोध्नु त चुनाव जित्नको लागि होला भन्न सकिन्छ तर ओलीले सुरक्षामा खटिएका म्यादी प्रहरीका समस्या बुझेर आफू शासक होइन् सेवक हो भन्ने देखाएका छन् । किनकि म्यादी प्रहरीका समस्या बुझ्दा न त चुनाव नै जितिन्छ न त पार्टीलाई कुनै फाइदा हुन्छ । तर, राजनेता भनेर चिनिन थालेका ओलीले यो व्यवहार देखाउनु स्वभाविक पनि हो । किनकि उनी राजनेता हुन् भने यस्ता गुण उनमा हुनुपर्छ । सम्पूर्ण जनताको समस्या बुझ्नुपर्छ, समाधान गरिदिनुपर्छ ।
घरदैलो अभियानमा खटिएका एमाले कार्यकर्ता सञ्जीव रोकाहाका अनुसार ओलीले तपाइहरुको घर कुन ठाउ हो ? सेवा सुबिधा के के छ ? समस्या के कस्तो भनेर म्यादी प्रहरीमा कार्यरत युवाहरुलाई पैदल यात्राको क्रममा सोधेका थिए ।
देशकै प्रधानमन्त्री भइसकेका व्यक्तिले आफ्नो बारेमा चासो राखेपछि म्यादी प्रहरीका जवान दंग परेका थिए । र, आफ्नो समस्या बुझ्ने नेता पनि रहेछन् भनेर उत्साहित भएका थिए ।
भनिन्छ राजनीति जनताको सेवाका लागि गरिन्छ । तर, नेपालमा अपवादबाहेक त्यस्तो भइरहेको छैन् । अपवादमा ओली पनि पर्छन् । उनले जनतामाथि शासन भन्दा पनि सेवा दिने प्रयत्न गरिरहेका छन् । आफ्नो प्रधानमन्त्रीकालमा पनि ओलीले यसको पुष्टि गरिसकेका छन् । उनका समृद्धि योजना यसका उदाहरण हुन् ।
















प्रतिक्रिया