८ मंसिर २०८३, मंगलबार

काठमाडौं समृद्ध बनाउने कांग्रेस उम्मेदवार राजुराजको १० बुँदे प्रतिबद्धता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिको मेयरका उम्मेदवार राजुराज जोशीले १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छन् ।

वैशाख ३१ गते हुने चुनावका लागि घरदैलो कार्यक्रम गरिरहेका जोशीले सोमबार नेता प्रकाशमान सिंहको उपस्थितमा आफ्नो १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन् । काठमाडौंको मेयर जस्तो पद सम्हाल्नका लागि राजनीतिक रुपमा खारिएको व्यक्ति चाहिने हुँदा कांग्रेसले जोशीलाई अघि सारेको नेता सिंहको जिकिर थियो । आफूले महानगर जितेको भोलिपल्टै देखि धुलोधुवाँ हटाउने, मेट्रो, मोनो रेल निर्माणमा विशेष ध्यान दिने उल्लेख गरे ।

यस्ता छन् जोशीका काठमाडौं समृद्ध बनाउने योजनाः

१. विकासमा जनताको सहभागिता
२. आधुनिक भौतिक पूर्वाधार, महानगरको आधार
३. वातावरण संरक्षणको लागि प्रदुषण नियन्त्रण
४. यातायात तथा सडक व्यवस्थापन
५. पार्क तथा हरित क्षेत्र निर्माण
६. फोहोरमैला व्यवस्थापन
७. विपद् व्यवस्थापन
८. हाइटेक सिटी
९. आर्थिक संवृद्धि, महानगरबासीको जीवनस्तर वृद्धि
१०. संस्कृति तथा पर्यटन