४ कार्तिक २०८३, बुधबार

यस्तो बन्यो ‘धनपति’, फस्टलुक सार्वजनिक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘धनपति’को फस्टलुक सार्वजनिक भएको छ ।

‘पशुपतिप्रसाद’को व्यवसायिक सफलतापछि टुकी आर्ट्स प्रा.लिले दीपेन्द्र के. खनाल प्रोडक्सनसँगको सहकार्यमा ‘धनपति’ निर्माण गरेको हो । ‘धनपति’लाई पशुपतिप्रसाद’को दोस्रो भागका रुप हो भनेर चर्चा पनि हुने गरेको छ ।

राजनीतिक विरासत बोकेको सानाकाजी उर्फ ‘धनपति’ द्वन्द्वको चपेटामा परेर पूर्वी तराईबाट राजधानी आई बस्छन् । गर्जोटार्नका लागि सानो रेष्टुरेन्टमा काम गर्ने अलावा उनीसँग अन्य आयस्रोत छैन ।

उनी इमान बेच्न नचाहने स्वाभिमानी छन् । छोरीलाई बोर्डिङ स्कुलमा पढाउन चाहन्छ । यस्तै कथामा बनेको छ चलचित्र ‘धनपति’ ।

खगेन्द्र लामिछानेको लेखन तथा शीर्ष भूमिका रहेको चलचित्रमा सुरक्षा पन्त, आशान्त शर्मा, मनीष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतको अभिनय देख्न सकिन्छ ।

सूर्य थोकरको द्वन्द्व, आधासुरको संगीत रहेको चलचित्रका निर्माता रोजिना सिटौला, सह–निर्माता रजना नापित, समीर देवकोटा ओम गुरुङ हुन् ।

आफ्नो निर्देशकिय जीवनमा सबैभन्दा बढी दुःख गरेर बनाएको चलचित्र ‘धनपति’ भएको निर्देशक दीपेन्द्रले बताए ।