१ कार्तिक २०८३, आइतबार

प्रधानन्यायाधीश र राष्ट्रपतिबीच के के भयो कुराकानी ? राष्ट्रपतिलाई विशेष निम्तो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले संसदमा महाअभियोग दर्ता गराएपछि निलम्बनमा परेकी प्रधानन्यायाधीश सुशीला कार्कीले पुनः कार्यभार सम्हालेकै दिन आइतबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् ।

महाअभियोग दर्ता भएपछि कार्की वैशाख १७ बाट निलम्बनमा परेकी थिइन् । उनको पक्षमा २२ गते न्यायाधीश चोलेन्द्र राणाले फैसला गर्दै काममा फर्किने बाटो खोलिदिएका थिए । र, आइतबार आज सर्वाेच्च अदालतमा हाजिर भएकी कार्कीले आजै साँझ राष्ट्रपतिसँग भेट गरेकी हुन् ।

शीतल निवासमा साँझ ५ बजेपछि भएको भेटमा प्रधानन्यायाधीस कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र त्यसमाथि अदालतले दिएको आदेशपछि विकसित घटनाक्रमबारे छलफल भएको बताइएको छ ।

राष्ट्रपतिलाई विशेष निम्तो

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार भेटमा प्रधानन्यायाधीश कार्कीले कानुन दिवसका अवसरमा राष्ट्रपति भण्डारीलाई औपचारिक निमन्त्रणा पनि दिएकी छिन् । कानुन दिवस यही वैशाख २६ गते परेको छ ।

महाअभियोगबारे राष्ट्रपतिको चासो

भेटमा राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोगको विषयमा पनि चासो राखेकी छिन् । यस विषयमा दुई शीर्ष पदाधिकारीबीच गहिरो छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्रीसँग पनि राष्ट्रपतिको छलफल

यसैबीच, राष्ट्रपति भण्डारीसँग आइतबारै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भेटेका छन् । आसन्न स्थानीय तहको चुनाव, महाभियोगबारे दलहरुबीच भइरहेको समझदारीसहित विषयमा कुराकानी भएको बताइएको छ ।