
चितवन, २४ वैशाख । नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोख्रेलले निर्वाचनको पूर्व सन्ध्यामा पार्टीले अघि सारेका उम्मेदवारहरुको पक्षमा जिल्लाका सात वटै स्थानिय तहमा देखिएको जनसमर्थनले सबैठाँउमा जीत हासिल हुने दावी गर्नुभएको छ ।
निर्वाचन प्रचारका क्रममा आईतवार पश्चिम चितवनको पार्वतीपुर, पूर्वी चितवनको रत्ननगर, कालिका, राप्ती र खैरहनी नगरपालिका पुग्नुभएका जिल्ला अध्यक्ष पोख्रेलले सबै ठाँउमा अवस्था मजवुद रहेको बताउनुभयो । कालिका नगरपालिकामा आयोजित कोणसभामा वोल्दै अध्यक्ष पोख्रेलले समृद्धि, राष्ट्रियता, सामाजिक सुरक्षा र शुसासनको पक्षमा पार्टीले अघि सारेका ऐजेण्डा जनताले मन पराएको बताउनुभयो ।
“राष्ट्रिय स्वाभिमानको खातिर अटल रहने पार्टी एमाले नै हो , लोकतन्त्रको रक्षा र स्थानिय तहको विकास पनि एमालेवाटै मात्र संभव छ भनेर जनताले बुझिसकेका छन् पोख्रेलले भन्नुभयो, अव जीतलाई कसैले रोक्न छेक्न सक्दैन । ” जिल्लाको समानुपातिक बिकासलाई मध्यनजर गर्दै पूर्वी चितवन क्षेत्रको समृद्धिका लागी एमालेले बिशेष योजनाहरु ल्याउने उँहाले स्पष्ट पार्नुभयो ।
भरतपुर महानगरमा एमाले उम्मेदवारका खास प्रतिस्पर्धिले अन्यायपूर्ण ढंगवाट फिर्ता हुनुपरेकाले अव प्रतिस्पर्धि नै वाँकी नरहेको जिकीर गर्दै जित निश्चित रहेको दावी गर्नुभयो । लोकतन्त्र प्रेमी जनता एमालेसंग पूर्ण रुपमा विश्वस्त रहेकाले कुनै पनि अधिनायकवादी तत्वले हराउन नसक्ने पोख्रेलको भनाई छ ।
एमालेको साँगठानिक अवस्था र आमजनताले गरिरहेको समर्थन उलेख्य रहेकाले जिल्लामा कसैसंग तालमेल नगरिने अध्यक्ष पोख्रेलले प्रष्ट पार्नुभयो । तालमेल नगरी हामी सातवटै तहमा चुनाव जित्दैछौं, त्यो हिम्मत र ताकत हामी संग छ ।– पोख्रेलले भन्नुभयो ।
माडी नगरपालिका र ईच्छाकामना गाँउपालिकामा पनि अहिले सञ्चालन भईरहेका प्रचार अभियान र जनताको सहभागीताले एमालेका उम्मेदवारहरु उत्साहित भएको पोख्रेलले जानकारी दिनुभयो । आफ्नो गाँउ आफै बनाउ र नौ स को एमाले अभियानलाई जनताले कहिल्यै भुल्न नसकेको उहाँको भनाई छ ।











प्रतिक्रिया