
काठमाडौं, २४ वैशाख । चन्द्रागिरि-हिमाल, पहाड, तराई कोहि छैन पराई भन्ने मूल नाराका साथ शुरु भएको साइकल यात्रा आज विहान चन्द्रागिरि केबलकार पुगेको छ ।
काठमाडौं हुँदै लुम्बिनीसम्मको चार दीवसीय साइकल यात्रामा रहेका झन्डै ८० जनाको समुहलाई चन्द्रागिरि केबलकारले निशुल्क टिकट प्रदान गरेको थियो । साइकल यात्रामा रहेको टोली चन्द्रागिरि, चित्लाङ्ग, हेटौडाहुँदै लुम्बिनी पुग्ने छ ।

‘टुर डे लुम्बिनी’ द्वारा आयोजित उक्त साइकल यात्रामा ‘अहिंसा, शान्ति र सद्भावका लागि साइकल’ अंकित सन्देश लेखिएका प्ले कार्ड बोकिएको छ । ‘राष्ट्र पहिलो, स्वाभिमान नेपाल’ महाभियान उद्देश्य सहित संचालित कार्यक्रमको नाम ‘पेडल फर पिस २०१७’ दिईएको छ ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेको छ । भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।















प्रतिक्रिया