काठमाडौं, २४ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले एमालेलाई पराजित गर्ने शक्ति नेपालमा नरहेको तर्क गरेका छन् ।
एमाले केन्द्रीय प्रचार विभागद्धारा आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेनलमा बोल्दै उपाध्यक्ष गौतमले सबै शक्ति एकै ठाउँमा बसेर गठबन्धन गरी एमालेविरुद्ध लडे पनि एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताए ।
‘एमाले एजेण्डा बोक्ने जनताको पार्टी भएकाले जनताले एमाले बाहेकका शक्तिलाई साइजमा ल्याउछन्,’ गौतमले भने– ‘राष्ट्रले एमालेको नेतृत्व खोजिरहेको छ । यो अपरिहार्य छ ।’












प्रतिक्रिया