३ कार्तिक २०८३, मंगलबार

ग्लोबल आइएमई बैंकको १०७ औं एटीएम सेवा नयाँ बानेश्वरमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । ग्लोबल आइएमई बैंकले काठमाडौंको नयाँ बानेश्वरमा आफ्नो नयाँ एटिएम सेवा थप गरेको छ ।

नयाँ बानेश्वर क्षेत्रका ग्राहकलाई लक्षित गरि बैंकले नयाँ बानेश्वरको ATM Lounge मा आफ्नो एटिएम सेवा सञ्चालनमा ल्याएको हो । नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या १०७ पुगेको छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९४ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजश्व संकलन काउण्टर, १०७ वटा एटिएम, ४४ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ६ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।