काठमाडौं, २४ वैशाख । आगामी वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचन अगावै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पहिलो पार्टी बनेको छ ।
निर्वाचन आयोगले शनिबार सार्वजनिक गरेको उम्मेदवारी मनोनयनपछिको हालसम्मको नतिजाअनुसार ३१६ जना निर्विरोध निवार्चित भएका छन् । जसमा एमाले अग्र स्थानमा छ ।
प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ स्थानीय तहमा हुने चुनावका लागि बैशाख १९ गते उम्मेदवारी दर्ता थियो भने उम्मेदवारी फिर्ताको प्रक्रिया पुरा गरेर चुनाव चिह्न समेत प्रदान गरिएको छ । २८३ मध्ये विभिन्न स्थानबाट ३१६ जना निर्विरोध निर्वाचित भएका हुन् ।
‘केही स्थानमा उम्मेदवारी दर्ता भएकै दिन र केहीमा उम्मेदवारी फिर्तापछि गरी हालसम्म ३१६ जना निर्विरोध निर्वाचित भएका छन्,’ निर्वाचन आयोगकासचिव गोपीनाथ मैनालीले भने– ‘यो नतिजामा एमाले अगाडि देखिएको छ ।’
हेर्नुस् नतिजाः
नेकपा एमाले– १४२
नेपाली कांग्रेस– ९४
माओवादी केन्द्र– ३६
स्वतन्त्र– ३२
राप्रपा– ५
नेमकिपा– २
नयाँ शक्ति– १
परिवार दल– १
अन्य ३ जना (नखुलेको)












प्रतिक्रिया