८ मंसिर २०८३, मंगलबार

महाभियोग संसदको विशेषाधिकार, सर्वोच्चमा पनि केही कमजोरी भएका छन्ः नेता नेपाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले महाभियोग लगाउने विषय संसदको विशेषाधिकार रहेको बताएका छन् ।

नयाँबानेश्वरस्थित संसद भवनमा सम्वाददाताहरूसँग कुरागर्दै एमालेका नेता नेपालले न्यायालयबाट पनि केही कमिकमजोरी भएको भन्दै समीक्षा गर्नुपर्ने बताए । ‘महाभियोग लगाउने विषय संसदको विशेषाधिकार हो’, उनले भने- ‘महाभियोग लगाउनेभन्दैमा सर्वोच्चको फैसलालाई लिएर महाभियोग दर्ता गराउनु हुँदैन ।’

उनले व्यवस्थापिका, कार्यपालकिा र न्यायपालिकाबाट केही केही गल्ती गरेको बताए ।

एमालेका नेता नेपालले महाभियोगका विषयमा संवैधानिक र संसद नियमावलीमा केही त्रुटि रहेको बताउँदै त्यसमा समीक्षा अवश्यक रहेको बताए । महाभियोग दर्ता हुनेवित्तिकै निलम्बनमा पर्ने जुन व्यवस्था छ त्यसमा त्रुटि रहेको बताएका नेपालले भने, ‘गल्तीहरू छन् भने त्यसलाई सहमति र सम्वादबाट सुधार गर्नुपर्छ ।’

महाभियोग फिर्ता लिनुपर्ने आफ्नो दल नेकपा (एमाले)को अडान रहेको उनको भनाइ थियो । नेता नेपालले भने, ‘राज्यका तीनवटै निकाय आपसी टकरावमा जानु भनेको राम्रो विषय होइन ।’