८ मंसिर २०८३, मंगलबार

महन्थ र उपेन्द्रको गठन्धनमा कुन–कुन दल ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धन विभाज भएपछि गठबन्धनभित्र रहेका दलहरू को कता छन् भनेर चर्चा हुन थालेको छ ।

शनिबार काठमाडौंमा बसेको गठबन्धनका नेताहरूको बैठकले संयोजक उपेन्द्र यादवलाई कारबाही गरेर निस्काशन गरेर संयोजक महन्थ ठाकुरलाई बनाएको थियो । त्यसलगत्तै कुन दल कता भनेर चर्चा पनि भएको छ । गठबन्धनमा महन्थ ठाकुरतिर धेरै दलहरू आबद्ध छन् । उपेन्द्र यादवसँग थोरै मात्र दल रहेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार महन्थ ठाकुर नेतृत्वको गठबन्धनमा राष्ट्रिय जनता पार्टी नेपाल, नेपाः राष्ट्रिय पार्टी, ‘सलोराम’, संघीय लिम्बुवान मञ्च नेपाल, आदिवासी जनजाती पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, किराँत राज्य संघर्ष समिति, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, खसान राष्ट्रिय संघर्ष समिति, तामाङ सालिङ संघर्ष समिति, लिम्बुवान संघर्ष समिति र नेवाः स्वायत्त प्रदेश मंकाः संघर्ष समिति रहेका छन् ।

उपेन्द्र यादव नेतृत्वको गठबन्धनमा अहिले पनि संघीय समाजवादी फोरम नेपाल, शेर्पा स्वायत्त प्रदेश संयुक्त संघर्ष समिति, लिम्बुवान संघर्ष समिति, ताम्सालिङ संघर्ष समिति, तमुवान संघर्ष समिति, मगरात संघर्ष समिति र शिल्पी राष्ट्रिय आन्दोलन नेपाल रहेका छन् ।