चितवन, २३ वैशाख । नेकपा एमालेका स्थायी कमिटि सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भरतपुर महानगरमा काँग्रेस नेतृत्वले यमराजको डण्डा चलाएकाले एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीको जीतलाई अझ सहज बनाएको टिप्पणी गर्नुभएको छ ।
भरतपुरमा शनिवार आयोजित पत्रकार सम्मेलनमा नेता पाण्डेले महानगरमा एमालेको मजवुद सांगठानिक अवस्था, समृद्धीका स्पष्ट योजना र लक्ष्य रहेकाले जीतको आधार खडा गरेको स्पष्ट पार्नुभयो । “यी कुराहरु त छदै थिए, त्यसमाथी काँग्रेस नेतृत्वले यमराजको डण्डा चलाएर तालमेल ग¥यो, असली काँग्रेसहरुले यो सहन गर्न सकेका छैनन् – पाण्डेले भन्नुभयो – असल, ईमान्दार र स्वच्छ छविका देवीजीको जीत निश्चित भयो ।”
माओवादी अध्यक्ष प्रचण्डले आफ्नी छोरी रेणु दाहाललाई मेयरमा जिताउन काँग्रेस सभापति शेरवहादुर देउवा संग तालमेलको समझदारी गरेका थिए । देउवाको यो निर्णय पछि चितवनमा काँग्रेसका असली कार्यकर्ताहरु निराश छन् ।
काँग्रेस र माओवादीको कुण्डली नै नमिल्ने धारणा राख्दै पाण्डेले जमिन्दारी आदेशको भरमा लोकतन्त्रका पक्षपाति सचेत जनताले माओवादीलाई भोट नदिने ठोकुवा गरे ।
राष्ट्रियताको सम्वद्र्धन र बिकासको जन चाहाना पुरा गर्न एमाले प्रतिवद्ध रहेको पूर्व अर्थमन्त्री पाण्डेको भनाई छ । आगामी १० बर्ष भित्र १५ हजार मेगावाट बिद्युत उत्पादन गर्ने, शिक्षामा २० प्रतिशत बजेट सुनिश्चित गर्ने, बृद्धभत्ता मासिक ५ हजार रुपैया पुर्याउने लगायतका कार्यक्रम एमालेको रहेको पाण्डेले जानकारी दिनुभयो ।
















प्रतिक्रिया