१ कार्तिक २०८३, आइतबार

रुकुममा काग्रेस कार्यकर्ताको आक्रमणबाट आधा दर्जन माओबादी कार्यकर्ता घाईते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

रुकुम, २३ वैशाख । मुसिकोट नगरपालिका २ बान्नेचौरमा चुनाबी घरदैलो अभियान चलाईरहेको नेकपा माओबादी केन्द्रको कार्यक्रममा नेपाली काग्रेस कार्यकर्ताले आक्रममण गर्दा नेकपा माओबादीका आधा दर्जन भन्दा बढी कार्यकर्ताहरु घाईते छन ।

घाईते हुनेहरुमा नेकपा माओबादी केन्द्रका कार्यकर्ता रमेश खड्का, सुवास खड्का, जीवन खड्का, डम्बर बिक, दल बहादुर खड्का, अनिल बुढा र भोग खबहादुर खड्का लगयातका कार्यकर्ता रहेको छ । आफ्नो चुनाबी कार्यक्रम भैरहेको बेला एक्कासी रेशम खड्का लगायातका काग्रेस कार्यकर्ताहरुले आफुहरुलाई आक्रमण गरेको नेकपा माओबादी केन्द्र मुसिकोट नगरपलिका २ नम्बर वडाका अधयक्ष उम्मेदवार नर बहादुर खड्काले बताए । नेपाली काग्रेसको पोष्टर च्यातेको निहुँमा उक्त घटना भएको बताईएको छ । आक्रमण भएलगतै प्रहरी घटनास्थलमा पुगेर संलग्न ४ जनालाई जिल्ला प्रहरी कार्यालय रुकुममा ल्याएको प्रहरीले बताएको छ ।

यसै बिच चुनाबको मिति नजिकिदै गर्दा जिल्लाका अन्य बिभिन्न ठाउँमा पनि नेपाली काग्रेस तथा नेकपा माओबादी केन्द्रका कार्यकर्ता बिच झडप भएको बताईएको छ । हिजो रुकुमको चौरजहारी नगरपालिका १२ मा झडप हुँदा दुबै पार्टीका कार्यकर्ता घाईते भएको थियो ।