८ मंसिर २०८३, मंगलबार

८६ वर्षीय आरोही मीनबहादुर शेरचनको सगरमाथा चढ्ने क्रममा निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । विश्वकै जेष्ठ आरोहीका रुपमा कीर्तिमान राख्न सगरमाथा आरोहणमा हिडेका ८६ वर्षीय आरोही मीनबहादुर शेरचनको शनिबार निधन भएको छ ।

म्याग्दीको भुरुवा तातोपानी घर भएका पूर्व गोर्खा सैनिक शेरचन वैशाख ३ गते आइतबार सात सदस्यीय टोलीसहित काठमाडौंबाट सगरमाथा आरोहणमा हिँडेका थिए । उनको आज साँझ ५ बजेर १४ मिनेट जाँदा आधार शिविरमा निधन भएको पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिए । यद्यपी मृत्युको कारण खुल्न सकेको छैन् ।

यसअघि शेरचनले ७६ वर्षको उमेरमा सन् २००८ मा सगरमाथा चढेर विश्वमै जेष्ठ नागरिकको कीर्तिमान कायम गरेका थिए । उनको नाम गिनिज बुकमा पनि लेखिएको थियो । तर, जापानी आरोहीले उनको रेकर्ड तोडिदिएपछि पुन रेकर्ड कायम गर्न शेरचन सगरमाथा चढ्न तम्सिएका थिए । अब उनको सपना अधुरै रह्यो ।