काठमाडौं, २३ वैशाख । नेपाल बार एशोसियसनका पूर्वउपाध्यक्ष एवं बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले व्यवस्थापिका संसदको विशेषाधिकार हनन नभएको टिप्पणी गरेका छन् ।
साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा नसच्चिए फेरि फस्ने चेतावनी समेत दिएका छन् ।
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव रिट निवेदन टुंगो नलागेसम्म अगाडि नबढाउने र सुशीला कार्कीलाई काममा फर्काउने सर्वाेच्च अदालतका न्यायाधीश चोलेन्द्र राणाको एक इजलासको आदेशपछि शुक्रबार राति अबेरसम्म बसेको कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताको बैठकले संसदको विशेषाधिकारमा हस्तक्षेप भएको निष्कर्ष निकाल्दै आदेश खारेजीको प्रक्रिया थाल्ने निर्णय गरेपछि अधिवक्ता भट्टराईले सचेत गराएका हुन् ।
उनले अदालतले महाअभियोग लगाउन पाइँदैन् नभनेको स्पष्ट पार्दै अदालतमा बिचाराधिन मुद्दाका बिषयमा बिना आधार, कारण महाअभियोग ल्याउनु स्वतन्त्र न्यायपालिकाको अवधारणा विपरित भएकाले सर्वाेच्चको फैसला उचित र विविधसम्मत रहेको तर्क गरेका छन् ।
अधिवक्ता भट्टराईले भनेका छन्- ‘अर्को कोकोहोला नमचाउ । अदालतको आदेशले महाअभियोग लगाउन पाईदैन भनेको छैन । मात्र अदालतमा बिचाराधिन मुद्दाका बिषयमा बिना आधार कारण महाअभियोग ल्याउनु स्वतन्त्र न्यायपालिकाको अबधारणा बिपरित हुन्छ भनेको छ । यसले संवैधानिक सर्बोच्चता समाप्त वा संसदको बिशेषाधिकार हनन गर्यो भनी गरिएका टिप्पणी या त आदेश नपढी, यात पुर्बाग्रहपूर्ण हुन् । जसरी केही धुन्धुकारीहरुको उक्साहटमा लाग्दा प्रचण्ड र शेरबहादुर फसे, अब तिनै धुन्धुकारिहरुले फेरि फसाउलान चेतना भया ।’











प्रतिक्रिया