८ मंसिर २०८३, मंगलबार

कांग्रेस नेता मार्शलजुलुम शाक्यको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मार्शलजुलुम शाक्यको निधन भएको छ ।

काठमाडौंको एक अस्पतालमा उपचार गराउँदै आएका कांग्रेस नेता शाक्यको ७८ वर्षको उमेरमा निधन भएको हो । उनलाई मस्तिष्कघात भएको थियो ।

कांग्रेसका पुराना नेता शाक्य कांग्रेसका संस्थापक नेता विपी कोइराला, गणेशमान सिंहसँगै राजनीतिमा सक्रिय भएका थिए ।

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले जननिर्वाचित विपी कोइरालाको नेतृत्वको सरकारलाई ‘कु’ गरेपछि विरोधमा सडकमा उत्रिएका थिए । सोही कारण नेता शाक्यलाई १४ वर्षसम्म जेलमा बन्दी बनाइएको थियो ।

२०४६ सालको जनआन्दोलन सुरु हुनुभन्दा दुई वर्षअघि शाक्यले नेपाली कांग्रेसको काठमाडौं जिल्ला सभापतिको जिम्मेवारी पाएका थिए ।
जनआन्दोलनका क्रममा नेता शाक्य केन्द्रीय कार्यसमितिका संयोजक थिए ।

२०४६ सालको आन्दोलनपछि बनेको अन्तरिम सरकारमा उनी भौतिक योजना निर्माण तथा यातायात मन्त्री बनेका थिए ।