लहान, २२ वैशाख । नेपालकै एक अग्रणी कम्पनी अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइन्कले नेपालमा महिन्द्रा टू व्हीलर्स लि. (MTWL) को आधिकारिक विक्रेताको रुपमा विभिन्न महिन्द्रा बाइक तथा स्कुटरहरुको विक्रिवितरण गराउँदै आइरहेको छ ।
यसै क्रममा कम्पनीले अब महिन्द्राको उत्कृष्ट सेवा अझै विस्तारित गर्दै धेरैभन्दा धेरै ग्राहकहरुमाझ पुर्याउने उद्देश्यका साथ अब सिराहाको लाहानमा महिन्द्र टू व्हीलर्स्को नयाँ शोरुम ओम त्रिदेव सप्लायर्स्को भव्य उद्घाटन गरेको छ ।
उक्त नयाँ शोरुममार्फत अब ग्राहकहरुले महिन्द्रा टू व्हीलरर्स्का जेनुइन स्पेयर पार्ट्स तथा सर्भिस लगायत विक्रीवितरण सम्बन्धी सम्पूर्ण सेवाहरु लिन पाउनुहुनेछ ।
यस उद्घाटन पछि ग्राहकवर्गहरु माझ महिन्द्राको पँहुच अझै बढ्ने तथा उनीहरुलाई टु–व्हीलर्स् सम्बन्धी उच्चस्तरीय सेवा लिन थप विकल्प प्राप्त हुने कुरामा कम्पनी विश्वस्त छ ।
















प्रतिक्रिया