१ कार्तिक २०८३, आइतबार

सर्वोच्चको फैसलापछि सुशीलाले के भनिन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीले आफू आइतबार सर्वोच्च अदालत फर्कने जानकारी गराएकी छन् ।

कार्कीविरुद्ध महाअभियोग अघि नबढाउने र काम गर्न दिन न्यायाधीश चोलेन्द्र समशेर जबराको एकल इजलासले दिएको अन्तरिम आदेशपछि सुशीलाले आइतबारबाट आफ्नो कार्यभार फेरि सुरु गर्ने जानकारी गराएको सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले बताए ।

उनका अनुसार आज कार्यालय समय सकिएको र भोलि शनिबार परेकाले सुशीला अब आइतबार मात्र सर्वोच्च आएर कार्यभार सम्हाल्नेछिन् । यद्यपी प्रधान्यायाधीश कार्कीको म्याद जेठ २४ गतेसम्म छ ।

आईजीपी लगायत विषयमा कार्यपालिकाको निर्णयमा हस्तक्षेप गरेको भन्दै कांग्रेस र माओवादी केन्द्रले वैशाख १७ गते कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसदमा गरेका थिए । अभियोग लागेपछि उनी निलम्बित भएकी थिइन् ।