काठमाडौं, २२ वैशाख । वैशाख ३१ को स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेमा पार्टी प्रवेशको लहर चलेको छ ।
यसैक्रममा शुक्रबार एमाले नेतृत्वको विपक्षी गठबन्धनमा रहेको नेकपा मालेका दर्जनौं केन्द्रीय नेतासहित १५० जना नेता कार्यकर्ता पार्टी प्रवेश गरेका छन् ।
एमाले कञ्चनपुर जिल्ला अध्यक्ष तारालामा तामाङका अनुसार धुम्वाराहीस्थित एमाले केन्द्रीय कार्यालयमा मालेका बैकल्पिक केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला सचिव शंकरदत्त बोगटी र बैकल्पिक पोलिट्ब्युरो सदस्य कपिल पोख्रेलको नेतृत्वमा दर्जन भन्दा बढी केन्द्रीय सदस्यसहित जिल्लाका नेताहरु गरि १५० जना भन्दा बढी एमालेमा प्रबेश गरेका हुन् ।

नवप्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुले टिका र खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो जिम्मेवारी इमान्दारीका साथ निभाउन र निर्वाचनमा पार्टीलाई जिताउने अभियानमा होमिन निर्देशन दिए ।
फोटोः तारालामा तामाङको फेसबुकबाट ।












प्रतिक्रिया