१ कार्तिक २०८३, आइतबार

यी हुन् कांग्रेसले तालमेल गरेका स्थान (नामसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २२ वैशाख । नेपाली काँग्रेसले सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग दुई महानगर, एक उपमहानगर र ४ नगरपालिकामा उम्मेदवारीमा तालमेल गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिकामा माओवादी केन्द्रले कांग्रेसका मेयरका उम्मेदवार रामजी कुँवरलाई सघाउने भएको छ भने कांग्रेसले भरतपुर महानगरका माओवादीका मेयरका उम्मेदवार रेणु दाहाललाई सहयोग गर्ने भएको हो ।

यस्तै मकवानपुरको हेटौडा उपमहानगरपालिकामा माओवादीले कांग्रेसका मेयरका उम्मेदवार आनन्दराज पराजुलीलाई सहयोग गर्नेछ भने थाहा नगरपालिकामा कांग्रेसले आफ्ना उम्मेदवारको नाम फिर्ता लिदै माओवादी उम्मेदवार लबशंकर बिष्टलाई साथ दिने सहमति भएको छ ।

धादिङको निलकण्ठ नगरपालिकामा पनि तालमेल गरेर चुनावमा जाने दुई पार्टीको स्थानीय नेतृत्वले सहमति गरेको छ । सहमति अनुसार मेयरमा कांग्रेसका उम्मेदवार भीम ढुंगाना रहेका छन् भने माओवादी केन्द्रका तर्फबाट शैलेश भण्डारी उपमेयरमा चुनाव लड्ने भएका छन् । यसैगरी भीमेश्वर नगरपालिका दोलखामा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार ईश्वर मानन्धरलाई माओवादी केन्द्रले सघाउनेछ भने उपमेयरमा माओवादीकी कमला कार्की उम्मेदवार बनेकी छिन् ।

डोल्पाका स्थानीय जिल्लाका नेताहरुको सहमतिमा ठूली भेरी नगरपालिकामा पनि चुनावी तालमेल भएको छ । जसअनुसार माओवादीले आफ्नो उम्मेदवारको नाम फिर्ता लिदै कांग्रेसका मेयरका उम्मेदवार सुवर्ण बुढालाई सघाउने भएको छ भने कांग्रेसले उपमेयरमा माओवादी केन्द्रकी उम्मेदवार लक्ष्मीचन्द्रा कार्कीलाई सहयोग गर्ने सहमति भएको जनाइएको छ ।