८ मंसिर २०८३, मंगलबार

महाअभियोगविरुद्ध एमालेले संसदभित्रै चाल्यो अहिलेसम्मकै कडा कदम, शीर्ष नेता नै मैदानमा! (भिडियो)

23.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, २२ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ह्वेल घेराउ गरेको छ ।

संविधानसभा र त्यसबाट रुपान्तरित भई व्यवस्थापिका संसद बनेको हाउस बैठकमा शुक्रबार महाअभियोग प्रक्रिया अगाडि बढाउन खोजिएपछि एमालेले पहिलोपटक ह्वेल घेराउ गरेको हो ।

एमालेको अवरोधपछि आजको बैठक वैशाख २४ गते आइतबार १ बजेसम्मलाई स्थगित भएको छ ।

एमाले शीर्ष नेता नै मैदानमा, प्रस्तावकको बाटो छेकियो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको विरोधका बीचमा प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्ता भएको महाअभियोगले संसदको पहिलो बैठकमा प्रवेश पाएको थियो । ११ बजे बैठक सुरु भएलगतै एमाले सांसदहरु उठेर विरोध गरेपछि सभामुख ओनसरी घर्ती मगरले शुन्य र विशेष समयको कार्यसूची हटाएको जानकारी गराउँदै महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय तोकिएको जानकारी दिइन् । एमाले सांसदहरु नाराबाजी गर्दै रोष्टम घेराउ गर्न आएपछि सभामुखले बैठक १ बजेसम्मलाई स्थगित गरिन् ।

१ बजे पुनः बैठक बस्यो । बैठकमा आसन ग्रहण, राष्ट्रिय गान र सभामुखको आसनग्रहण लगायत कार्यक्रम भयो । त्यसपछि सभामुखले महाअभियोगका प्रस्तावक नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्मालाई प्रस्ताव पेस गर्न समय दिइन् । समय पाएपछि विश्वकर्मा रोष्टमतिर अगाडि बढे ।

तर, एमाले सांसद मिना पुन र राजेन्द्र पाण्डेले झ्याप्पै बाटो छेकेर उनलाई रोके । त्यसपछि शीर्ष नेता झलनाल खनाल, सुवास नेम्वाङसहित सांसदले पुरै बाटो छेके । नाराबाजीसहित बाटो छेकिएपछि सभामुखले आइतबार १० बजेसम्मलाई बैठक स्थगित भएको घोषणा गरिन् ।

यससँगै आजको बैठकमा महाअभियोग प्रस्ताव अगाडि बढ्न सकेन् ।

भिडियो: